पत्रकार कमल पौडेल उपचार कोष’ मा जम्मा हुन थाल्यो रकम

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७६, आईतवार १७:३२
3
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखाको संयुक्त प्रयासमा खोलिएको ‘पत्रकार कमल पौडेल उपचार कोष’ मा रकम जम्मा हुन थालेको छ ।

पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ खातामा जम्मा गरेको छ । त्यस्तैगरि नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष पूर्व शम्भू भण्डारीले २ हजार ५ सय, बेलबारीकी कञ्चन कुलुङ्गले ५ हजार, विराटनगरका कृष्ण भण्डारीले ५ हजार १ सय र मणिराम दहालले २ हजार रुपैयाँ जम्मा गरेका छन् ।

झण्डै तीन दशकदेखि पत्रकारातीमा संलग्न पौडेल ब्लड क्यान्सरबाट पीडित भइ काठमाण्डौंमा उपचार गरिरहेका छन् ।

पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुईटेलले संघसंस्था र पत्रकार सदस्यहरूलाई स्वइच्छिक रूपमा सहयोग गर्न आव्हान गरेका छन् ।

विराटनगरस्थित ट्राफिक चौकमा रहेको प्राइम बैंकको शाखा ०३४०१७२१ सिए नम्बरको खाता खोलेर साहायता रकमका लागि आव्हान गरिएको अध्यक्ष लुईटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५