एक अर्बको कारोबार गर्दै सकियो विराट एक्स्पोे

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७६, शनिबार १९:३१
विराट एक्स्पोको समापन समारोहमा बाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा लागेको विराट एक्स्पो एक अर्बको कारोबार गर्दै सकिएको छ ।

उद्योग संगठन मोरङले आयोजना गरेको विराटनगर–२ स्थित शंकरपुरमा फागुन २ गतेदेखि सञ्चालनमा आएको विराट एक्स्पाले एक अर्बको कारोबार गर्दै आज सकिएको हो ।

एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले व्यापार प्रर्वद्धनका लागि आयोजना गरिने महोत्सव स्थलका लागि संघिय सरकार सकारात्मक रहेको बताए ।‘स्थायी रुपमा प्रर्दशनी स्थल निर्माणका लागि हामी सकारात्मक छौं’ उनले भने । अगामी वर्ष हुने एक्स्पोहरुका लागि आवश्यक स्थायी प्रदर्शनी स्थल निर्माण गर्न आफू लागी पर्ने मन्त्री ढकालले बताए । विकासका कामका लागि यो वा त्यो कुनै पार्टी विशेषभन्दा पनि पहिलो महत्वपूर्ण कुरा विकासलाई दिनु पर्ने र त्यसको सहयोग सबै पक्षबाट हुन जरुरी रहेको समेत उनले बताए ।

स्थायी प्रदर्शनी स्थल निर्माण गर्न स्थानीय सरकार र सरोकारवाला पक्षले आवश्यक प्रवन्ध मिलाएर संघीय सरकार समक्ष योजना ल्याए त्यसको कार्यान्वयन आफूले गराउने मन्त्री ढकालले बताए । उनले भने, ‘अर्को महत्वपूर्ण कुरा पारदर्शीता हो । त्यसका लागि मेलाको हिसाब पूर्ण रुपमा पारदर्शी रुपा ल्याउनु पर्छ ।’ विराटनगर प्रदेश राजधानी हुनुमा विभिन्न पक्षले समेटेका कारण यसको महत्व धेरै रहेको छ । विराटनगर अद्यौगिक नगरी हुनुका साथै अद्यौगिक क्रान्तिको थलो र अर्को महत्वपूर्ण राजनैतिक क्रान्तिको थलोसमेत रहेकाले यसको विकासका लागि सबै पक्ष अघि बढ्नु पर्छ, मन्त्री ढकालले भने ।

कोशी अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा विकास गर्न लागेको मन्त्री ढकालले बताए । आफू सरकारी अस्पतालमा काम गर्ने, अनि अस्पताल छेउमै निजी क्लिनिक खोल्ने र त्यहाँ बढी समय दिनुका साथै बाहिर ठूलो अक्षर कोशी अस्पतालको डाक्टर लेख्नु प्रवृत्तिको अन्त्य हुने बताए । सरकारी अस्पतालमा काम गर्ने डाक्टरले अस्पताल नजिक निजी क्लिनिक वा अस्पतालमा काम गर्न बन्देज लगाउने उनले बताए ।

वराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदर्शनी स्थलका लागि जमिनको अभाव नभएको बताए । उनले भने,‘आवस्यक जमिन पर्याप्त छ , इच्छाशक्ति आवश्यक छ ।’ महानगरपालिका भित्र निष्कृय जमिन प्रसस्त रहेको प्रमुख पराजुलीले बताए । सुनसरी औद्योगिक करिडोर भित्र साढे ३ सय विगाहा जमिन निस्कृय रहेको उनले बताए ।

प्रमुख पराजुलीले भने विगतका एक्स्पोभन्दा धेरै गुणाले स्तरीय तरिकाले भव्य रुपमा सम्पन्न भएको समेत दावी गरे । महानगर विराटनगरमा अन्तर्राष्ट्रियस्तरको अद्यौगिक प्रदर्शन स्थल बनाउन तयार रहेको र त्यसका लागि दुई वर्षअघि नै ५० लाख रुपैयाँ छुट्याएको प्रमुख पराजुलीले बताए । उनले भने जग्गा महानगरले दिन तयार छ, त्यसका लागि संघीय सरकार र निजी क्षेत्र पनि अग्रसर हुनुपर्छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने प्रत्यक्ष रुपमा उपभोक्ता र उद्योगीबीचको सम्बन्ध जोड्ने पुलको काम एक्स्पोले गरेको छ । यस्तो मेलाले एक पक्षलाई मात्र फाइदा नभई सबै पक्षलाई फाइदा पुगको छ । मेलाबाट उद्योगी, व्यवासायीले अक्सिजन पाएको बताउँदै मुन्दडाले भने, वस्तु उत्पादन गरेर मात्र हुँदैन किनभने त्यसको पूर्ण रुपमा प्रचार प्रसार हुनु जरुरी छ । यस्तो मेलाबाट हामीले उत्पादन गरेका वस्तु प्रत्यक्ष रुपमा सर्वसाधारणलाई जानकारी दिन पाउँदा उद्योगी, व्यवसायीले अक्सिजन पाए जस्तो हो । लामो समयदेखि एउटै कुरा आइरहेको छ, त्यहाँ हो अन्तर्राष्ट्रियस्तरको स्थायी प्रदर्शनी स्थल निर्माणको हो । सबै तहका सरकार र निजी क्षेत्र मिलेर एउटा स्थायी प्रदर्शनी स्थल बनाउ अन्त्यन्त जरुरी भएको यस मेलाले देखाएको छ ।

विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले उत्साहजनक सहभागिताका कारण आगामी वर्ष एक्स्पो गर्न थप बल पुगको बताए । एक्स्पोका माध्यमबाट साना घरेलु, कृषि वनजन्य, मझौला, ठूला उद्योगलाई आफ्नो उत्पादन प्रवद्र्धन एवम् व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुगेको बताए ।

आर्थिक विकास र अर्थतन्त्रको बलियो माध्यम कृषि तथा औद्योगिक विकास भएकाले यस्तो उद्योगको उत्पादनले स्वदेशमै बजार नपाइरहेको अवस्थामा यस्तो एक्स्पोल ठूलो मद्दत पुग्ने दुलालले बताए । कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना, उत्पादनबारे जानकारी दिइएको बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराट एक्स्पो ऐतिहासिक भएको बताए । विगत वर्षको तुलनामा व्यवस्थित भएको उनको भनाई छ ।

३ सय ४० वटा स्टल रहेको प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतका उत्पादन प्रदर्शनीमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५