विराटनगर । तीर्थयात्राका लागि भारत गएको बस भारत तमिलनाडुमा दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ ।
सलेम बेंगलरु नेशनल हाइवेमा आज बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।
प्रहरीका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ । बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा थिए ।
तपाईको प्रतिक्रिया