कटहरी / मोरङको कटहरी गाउँपालिका १ को भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
को २ त ६७३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई आज राती साँढे १ बजेको समयमा दुर्घटना हुँदा सोही ट्याक्टरले किचेर चालक ग्रामथान गाउँपालिका ५ का २४ बर्षीय युवराज भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल विराटनगर पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया