एपीएफ दिदिबहिनी कप राष्ट्रिय महिला भलिबलको सेमिफाईनलमा

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७६, बुधबार २०:१५
आर्मी बिरुद्ध सट प्रहार गदै एपीएफकी सरस्वती चौधरी ।

पर्वत / चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपिएफले जित निकाल्दै समूह ए बाट बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को कठिन जित निकाल्यो । एपिएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले स्तब्ध बनायो । पराजय पश्चात आर्मीले पनि उपबिजेताको रुपमा समूह ए बाट सेमिफाईनलमा स्थान बनाएको छ । अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराउदै समूह बी को बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्ने बलियो आधार बनाएको छ । पुलिससँग पराजय भएको होङग्वान्जी न्यु डायमण्डले पहिलो खेलमा आयोजक दिदिबहिनीमाथी २५–३, २५–२ र २५–६ ले हराउँदा सेमिफाइनलको सम्भावना बलियो बनाएको थियो ।

आयोजक समूह बीको कमजोड टिम देखिएकाले बिहिवार हुने पुलिससँगको अन्तिम लिग खेलमा पनि आयोजक रेडियो दिदिबहिनीले जित निकाल्ने सम्भावना निकै कम छ । बिहिवारनै दुवै सेमिफाईनलका खेलहरु पनि हुने छन् । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा आयोजक दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाईं र जलजला गाउँपालका वडा ३ देविन्द्र भण्डारी (रबी)लगायतको उपस्थिति रहेको थिए ।

प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन् । दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार नेहा फेन्सी स्टोरर्सका प्रोप्राईटर राजन श्रेष्ठले प्रायोजन गरेका छन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५