RUMPUM
animated ellipse animated ellipse

१७ वर्षिय किशोरीलाई भारतमा बेच्न खोजेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७६, मंगलवार २१:०६
3
Shares

विराटनगर / मोरङको जहदा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई भारत पु¥याएर बेच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले धनपालथान गाउँपालिका ६ कदमाहाका ३८ वर्षिय जगतनारायण मण्डलाई पक्राउ गरेको हो ।

मण्डललाई प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीको टोलीले घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका जगतका साला २२ वर्षिय सञ्जय मण्डलको ती किशोरीसँग प्रेमसम्बन्ध रहेको थियो । सञ्जयका भेना जगतले नेपालको कानुन अनुसार विवाहको लागि किशोरीको उमेर उपयुक्त नभएकोले दुवै जनाको विवाह भारत लगेर गरिदिने भन्दै दुवै जनालाई राखेर गतवर्षको चैत २८ गते लगेका थिए । पीडित किशोरीले मोरङ प्रहरीलाई दिएको जाहेर अनुसार जगत र उनका सालाले भारत पु¥याएर किशोरीलाई एक होटलमा राखे । ‘होटलमा पु¥याएपछि बन्द कोठामा दुवै जनाले जवरजस्ती करणी गरेँ । त्यसपछि ढोका बन्द गरि हिड्ने गरेका थिए । कोठा बाहिर विक्रीको लागि मोलमलाउ हुने गरेको आवाज सुनेपछि आफु बिक्री हुने गरेको चाल पाएँ । होटलको झयालबाट हाम फालेर बाहिर निस्कए,’ पीडित किशोरीले दिएको प्रहरीको जाहेरीमा उल्लेख छ ।

होटलबाट हामफालेर बेचिनबाट जोगिएको किशोरीलाई स्थानिय एक महिलाले जोगवनीसम्म आउने रेल चढाइदिएकी थिइन् । उनलाई भारतको कुन ठाउँमा पु¥याएर राखिएको होटल हो, त्यो अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

बेचिनबाट जोगिएर आएकी ती किशोरीले मोरङ प्रहरीमा गत वैशाख ९ गते जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरको आधारमा जगतनारयण मण्डल पक्राउ परेको डिएसपी राईले बताए । जगतका साला सञ्जय फरार छन् । प्रहरीले उनको खोजी कार्यलाई तिब्र बनाएको छ ।

पक्राउ परेको मण्डललाई मोरङ प्रहरीले सोमबार जिल्ला अदालत मोरङमा ‘मानब बेचबिखन’ मुद्दामा म्यात थप गरि अनुसन्धान गर्दै आएको छ । मण्डल पक्राउ पर्ने डरले गाउँमा छुकीछुपी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर