पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा ‘मिनि मैराथुन दौड’ प्रतियोगितामा आयोजना भएको छ ।
विराटनगरमा आज भएको उक्त प्रतियोगिताको उपाधि मिल्स माविकी रानी साह र बाल माविका मुकेश यादवले जितेका छन् । छात्रातर्फको मिनी मेराथुनको उपाधि रानी र छात्रतर्फ मुकेश घोषित भएका हुन् ।
सोही स्पर्धाको छात्रातर्फको द्धितीय बालमाविकी सविता यादव र तृतीय बिनायक बोर्डिङ्ग स्कूलकी पूर्णिमा श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको चौथो र पाँचौ क्रमशः मनिषा साह र शुष्मा मण्डल घोषित भइन् ।
यस्तै छात्रतर्फको उक्त स्पर्धाको द्धितीय मनकामना स्कूलका विकी चौधरी, तृतीय गोदावरी बोर्डिङ्ग स्कूलका दिपेन विक भए । यस्तै चौथो अनुराग राउत र पाँचौ आशिष साह घोषित भए ।
सैनिक टोल समाज सेवा समिति विराटनगर १२ र १३ सह आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका एक दर्जन विद्यालयका विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक विष्णु डंगोलले जानकारी दिए । विजेता हुने विद्यार्थीहरूलाई जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, प्याब्सन केन्द्रीय सल्लाहकार डा.उद्धव पोखरेल, सौगात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रबहादुर तामाङ्ग, सैनिक टोल समाज सेवा समितिका अध्यक्ष अनुपकुमार श्याङ्गबो र कार्यक्रम संयोजक तथा प्याब्सन मोरङका सहसचिब विष्णु डंगोललगायले पुरस्कार वितरण गरेका थिए ।
गत वर्षदेखि सौगात सहकारीले बालवालिकाहरूमा भएको व्यक्तित्वको विकास गराउने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ ।