AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

फागुन २ देखि शुरु हुने विराट एक्स्पोको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७६, बुधबार १९:२७
3
Shares
विराट एक्स्पोको तयारी बारै जानकारी गराउँदै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर २ शंकरपुर मार्गस्थित अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो २०७६ (कृषि तथा औद्यौगिक प्रदर्शनी) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आज एक्पो स्थानमा पत्रकार सम्मेलन गरि आयोजक समितले जानकारी दिएको छ । औद्योगिक बस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा ३ सय ४० वटा स्टल निर्माण गरिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । उनका अनुसार ४० स्टल अन्र्तराष्ट्रिय रहनेछ । यस्तै कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनहरूका १ सय ६०, अटोमोवाईल्स ३८, खाद्यान्नका १२, बैंक तथा वित्तिःय संघ÷संस्था, सूचनामूलक थता जनचेतामूलकका २० र फुडका १० स्टल रहनेछ ।

एक्स्पोमा लाग्ने सम्पूर्ण स्टल बुक भइसकेको उनले जानकारी दिए । ‘सुरूवातमा १ सय १५ स्टलको तयारी गरिएको थियो,’ उनले भने, ‘प्रर्दशकहरूको रूची र चाहना बढेपछि २५ स्टल थप गरिएको हो ।’

एक्स्पोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीले पनि मेलामा सहभागि हुने जानकारी दिए । भारत, भुटान, पाकिस्तान र बंगलादेशका व्यवसायीले स्टलका लागि आवेदन गरेको उनले बताए । ‘एक्स्पोले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याउने छ,’ उनले भने, ‘कृषि र औद्योगिक उत्पादनको मार्केटिङका लागि एक्स्पो महत्पूर्ण गन्तव्य हुनेछ ।’

एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाका विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरूको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका छुट्टा छुट्टै प्रदर्शनी एक्स्पोको मुख्य विशेषता हुनेछ । प्रर्दशनीको मुख्य आकर्षण्मा जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथमुको ढाका, उदयपुरको खरायो रहनेछ । यस्तै इलामको ललिप, अर्गेनिक ग्रिन टि, अर्थोडिक्स चिया, किवि, तेह्रथुम र संखुवासभाको अल्लो रहनेछ । यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन पनि गराइने भएको छ ।

एक्स्पोमा हात्तीको सवारी र अस्ट्रिचका साथै ६० प्रजातिका चराहरू राखेनछ । ९ दिनसम्म संचालन हुने एक्स्पोमा प्रदेश १ र छिमेकी मुलक भारत विहारका गरि करिब ३ लाखले मेला अवलोन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर