पूर्वाञ्चल खबर
विराटनगर / संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि.(एसबीएससि) मोरङ, विराटनगरको निक्षेप बचत १ करोड ६७ लाख १९ हजार ६१ रूपैयाँ पुगेको छ ।
विराटनगरमा आज भएको सहकारीको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशमा यस्तो जानकारी गराएको हो ।
सहकारीका अध्यक्ष विष्णु डंगोलका अनुसार आर्थिक वर्षमा २४ लाख २ हजार २ सय २६ रुपैयाँ आम्दानी गरेको जानकारी दिए । जिल्लाभरीको १ सय नीजि विद्यालय आवद्ध भएको सहकारीले १ करोड ५६ लाख ४५ हजार ४ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको सेयर पूँजी १३ लाख ८९ हजार ५ सय रुपैयाँ रहेको छ । यो वर्षको असल ऋणी पथरीशनिश्चरेको एभरेष्ट स्कूल भएको छ ।
‘एकता, सहकार्य र समझदारी, निजी स्कूलहरुको साझ चौतारी’ भन्ने मुल नाराको २०६७ मंसिर १५ गते डिभिजन सहकारीमा दर्ता भएको अध्यक्ष डंगोलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सनको केन्द्रीय सल्लाकार प्राडा. उद्धब पोखरेल, प्याब्सन नगर विराटनगरका अध्यक्ष इन्द्र राई, संस्थागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु डंगोल, प्याब्सन मोरङका सचिव प्रेमसिंह सुवाल, एन प्याब्सन मोरङक सल्लाहकार राजन छाराहाङ र इमानका केन्द्रीय उपाध्यक्ष माधव मुकुन्दलगायतले बोलेका थिए ।