पूर्वाञ्चल खबर
विराटनगर / दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत आज पहिलो चरणका खेल सम्पन्न भएको छ ।
अंक तालिकाका आधारमा नेपाल आर्मी, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीका रोमन रानाको ह्याट्रिक गोल मद्दतले बागमती प्रदेशलाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रोमनले खेलको १२, ३८ र ५४ औं मिनेटमा गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुमितकुमार कामीको चार गोल मद्दतले गण्डकी प्रदेशलाई सेमिफाइनलको यात्रा सहज भएको हो । खेलको २९ औं मिनेटमा सागर आचार्यले गोल गरेको थिए भने ३८, ४०, ५० र ५७ औं मिनेटमा सुमितकुमार कामीले गोल गर्दै जितलाई फराकिलो बनाए । खेलको म्यान अफ द म्याच सुमित भए ।
त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको १० औं मिनेटमा प्रदेश १ का अनिष मगरले गोल गरेका थिए । २८ औं मिनेटमा सुदूरपश्चिमका कान्तुराम पनेरुले गोल गरे । ३६ औं मिनेटमा दीपकराज जोशीले गोल गरेभने ४८ औं मिनेटमा केशवराज जोशीले गोल गरे । ४९ र ५५ औं मिनेटमा म्यान अफ द म्याच अमित ओझा गोल गरे ।