पूर्वाञ्चल खबर
आउँदो माघ २४ र २५ गते हुने राष्ट्रिय महाधिवेशनमा देशभरीका ६ हजार प्रतिनिधिहरूको सहभागि हुनेछ ।
राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने नेपाल औषधी विक्री संघको सचिव सितल श्रेष्ठले जानकारी दिए । आजबाट संघका प्रतिनिधीहरू आउने क्रम सुरु हुने उनले बताए । विराटनगरमा संघले आज पत्रकार सम्मेलन गरि राष्ट्रिय महाधिवेशनको तयारीमा लागि परेको जानकारी गराए ।
संघका सचिव श्रेष्ठका अनुसार देशभरीमा नेपाल औषधी विक्री संघको इकाइहरु रहेको जानकारी दिए । देशरीमा १३ वटा इकाइ रहेको उनले बताए । अहिले पनि सरकारले ताकेको न्यूनम बेतन औषधीहरूले नदिने गरेको उनीहरूको भनाई छ । कम्पनी उद्योगलाई राज्यले तोकेको श्रम ऐन अनुसार एमआरहरूलाई सेवा सुविधा दिन दवाव दिने संघका सचिव श्रेष्ठले बताए ।