AArya
RUMPUM
animated ellipse animated ellipse

सकियो मोर्डन एरा स्पोर्ट्स मिट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७६, सोमबार १६:५५
378
Shares

विराटनगर / विराटनगर आइल निगम स्थित मोर्डन एरा सेकेण्डरी स्कूलमा भएको चार दिने दिने ‘ मोर्डन एरा स्पोर्ट्स मिट २०७६’ सकिएको छ ।
चार दिनसम्म विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट सोमबार सम्पन्न भएको हो ।

स्पोर्ट्स मिटमा करिव दुई दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, क्रिकेट, हाइजम्प, चकलेट रेस वेलुन रेस, दोडी तान म्युजिकल चेयरलगायतको खेलहरू समावेश गरिएको स्कूलले जनाएको छ । उक्त स्पोर्ट्स मिटमा मन्टेश्वरीदेखि कक्षा १ र कक्षा २ देखि कक्षा १० सम्मका ८ सय ५५ विद्यर्थाीहरूले भाग लिएको खेलकुद स्कूल व्यवस्थापन समितिका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको अध्यक्ष राईले बताए ।
विजयी हुने विद्यार्थीहरुलाई अध्यक्ष इन्द्र राई,प्रिन्सिपल राम घिमिरे, सस्थापकहरु गोविन्द निरौला र ठाकुर भण्डारीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर