AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्ट्स मिटमा आयो कोशीको बाढी, क्रिकेट र दुवै भलिवलको उपाधि कोशी क्याम्पसलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७६, बुधबार १८:००
81
Shares

विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बुधबार भएको क्रिकेट, छात्र तथा छात्रा भलिबलको उपाधि विराटनरको कोशी मल्टीपल क्याम्पसले जित्दै हिसान स्पोर्ट्स मिटमा खेलको बाढी ल्याएको छ । सिटी र कोशी मल्टीपल कलेज विजयी हुँदै फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्रिकेटको फाइनलमा ग्रिनल्याण्ड कलेजको चुनौतीलाई ३३ रनले पन्छ्याउँदै कोशी मल्टीपल क्याम्पसले पहिलो पटक उपाधि जितेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशीकालागि म्यान अफ द फाइनल सोनु मण्डलले ३५ रन, निरज यादवले २३ रन र कालीचरण यादवले १४ रनको योगदान दिए । ग्रिनल्याण्डका प्रसान्त सिंह र मनोज यादवले समान २–२ विकेट लिँदा सुवास यादव र राहुल गुप्ताले १–१ विकेट लिए ।

१ सय १८ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित ओभरमै ८ विकेट गुमाई ८४ रनमा सिमित भयो । ग्रिल्याण्डका साकिव हकले १६ बनाउँदा राहुल गुप्ताले १३ रन बनाए । कोशीका श्रवण किस्कु , सुवास यादव र विशाल मण्डलले समान २–२ विकेट लिँदा उदयशंकर यादवले १ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि पथरी एभरेष्टका आकाश खत्री घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान कोशी क्याम्पसका सोनु मण्डल हुँदा उत्कृष्ट बलर कोशीकै सुवास यादव घोषित भए ।

आजै सम्पन्न भएको भलिबलको छात्र तथा छात्रातर्फ दुवैको उपाधि कोशी मल्टिपल क्याम्पसले जितेको छ ।

भलीबल छात्रातर्फ फाइनल खेलमा लर्डबुद्ध कलेजलाई कोशी मल्टीपल क्याम्पसले २५–१६,२१–२५,२५–१९,२६–२८ र १८–१६ को सेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ ।

त्यस्तै छात्रतर्फपनि कोशी मल्टीपल क्याम्पसले लर्डबुद्ध कलेजलाई २५–११ , २९–२७ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

फुटबलको आजै भएको सेमिफाइनल खेलमा विजयी हुँदै सिटी र कोशी मल्टीपल क्याम्पस फाइनलमा प्रवेश गरेको छन् ।

पहिलो खेलमा सिटी कलेजले पथरीको रेड स्टार कलेजलाई १–० को गोल अन्तरले पराजित गदै फाइलनको यात्रा तय गरेको हो । खेलको एक मात्र निर्णायक गोल सिटीका सन्तोष श्रेष्ठले खेलको ३९ औं मिनेटमा गरेका छन् । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रोे खेलमा कोशी मल्टीपल कलेजले कान्तीपुर कलेजलाई सडन डेथमा ४–३ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समायमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो । पेनाल्टीसुटआउटमा पनि ३–३ को बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट भएको हो । खेलको म्यान अफ द म्याच कान्तपिुरका विशाल कार्की घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर