RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित ४ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७६, मंगलवार १५:२५
3
Shares

उदयपुर / उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपलिका १६ का २२ बर्षीय सन्तोष परियार र मोरङ हसन्दहका २३ बर्षीय पुष्पराज तिम्सिनालाई ३४ ट्याब्लेट नाईट्रोजेपामसहित पक्राउ गरेको हो । यसैगरी लाहानबाट गाईघाटतर्फ जाँदै गरेको ना १ ज ७३४३ नम्बरको बसमा सवार रहेका सप्तरीको खडक नगरपालिका ५ का २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोजलाई १८७ ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर