पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ समाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको सहिद मैदानमा फ्लड लाईट्सको काम बैशाख दोश्रो सातासम्म सम्पन्न गर्न निर्देशन दिएका छन् ।

फ्लड लाईट्स कामको निरीक्षका लागि आज सहिद मैदान पुगेका मन्त्री घिमिरले बैशाख १५ सम्ममा कार्य सम्पन्न गरि खेलकुद आयोजना गर्ने बताएका छन् । मन्त्री घिमिरेले फल्ड लाईटस्को विषयमा प्रावीधिक टोलीको अभावमा निर्धारित समयमा काम सम्पन्न गर्न असहज भएको प्रस्टाए ।
काठमाडौंको दशरथ रंङशालामा चीन सरकारको टोलीले लाईट्स जडान गरेको बताउँदै मन्त्री घिमिरेले प्रवीधिक टोलीको अभाव र प्रक्रिया पुराउने क्रममा धेरै ढिलाई भएको स्वीकार गरे । तथापी उनले भने, ‘अब सबै प्रत्रियmा पुरा भएको छ। द्रुतगतिमा काम हुनेछ र बैशाख १५ गतेसम्ममा सहिद मैदानमा लाईट्सको भइसक्नेछ। निरीक्षणका क्रममा मैदानको पूर्वतर्फको दुई भागमा क्षति पुग्ने भएकाले निर्माण टोलीले पाईल फाउण्डेसनबाट काम अघि बढाउने भएको छ ।’
यससंगै चैत्र २७ गतेबाट बैशाख ६ गतेसम्म हुने विराट गोल्डकप पनि अन्यौलमा परेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले केहीदिन अघि सो मितिसहित प्रतियोगिता आयोजना गर्न एन्फाको क्यालेण्डरमा समायोजन गरेको थियो । सो समय लाईट्सकै कार्य हुने भएकोले गोल्डकप कसरी गर्ने विराट गोल्डकप ट्रष्ट अन्योलमा देखिएको छ ।
निरीक्षणका क्रममा राष्ट्रिय खेलकुद परिषदका इन्जिनीयर सञ्जीवकुमार पाठक, मन्त्रालयका सचिव बीरबहादुर राईको उपस्थिती रहेको थियो ।
फ्लड लाईट्स निर्माणका लागि प्रदेश सकार र विराटनगरको कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच गत आसोज पहिलोसाता नै ४ करोड २९ लाख रुपैयामा सम्झौता भएको हो । त्यसयता फल्ड लाईट्सका लागि माटो परिक्षण, लाईट्स निर्माणको डिजाईन परिवर्तनले समय लागेको कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले बताए । कार्कीका अनुसार निर्माण कार्य शुरु भएको ९० दिनभित्र लाईट्स जडान भइसक्ने छ । जमिनबाट करिब ३३ मिटर अग्लो हुने लाइट्स मध्ये प्रत्येक एकमा २७ वटा गरि कुल १ सय ८ वटा बत्ती लगाइने छ । लाइट्स जडान हुने मास्ट मैदानको चौतर्फी चारस्थानमा निर्माण हुनेछ ।