AArya
RUMPUM
animated ellipse animated ellipse

एमवीवीएसमा पूर्ण छात्रवृद्धीमा नाम निकाल्ने विद्यार्थीलाई शिक्षादीपको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७६, सोमबार १५:१२
198
Shares

विराटनगर / एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीलाई शिक्षादीप कलेजलले सम्मान गरेको छ ।

कलेजजले आज सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरि एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल पूर्व विद्यार्थी सुरज राय र मुकेशकुमार रौनियारलाई सम्मान गरेको हो । शिक्षादीप कलेजमा ११ र १२ कक्षामा अध्ययन गरी उच्च शिक्षा हासिल गर्न कलेजमा उनीहरले प्रवेश परिक्षा दिएका थिए । रायले त्रिभूवन विश्वविद्यालय, पाकिस्तान एम्वेसी र विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरानमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकालका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान पतिस्ठान धरान १६ औ स्थानमा नाम निकालेका राय धरानमै अध्यन गर्ने कलेजजे जनाएको छ ।
त्यस्तै त्रिभूुवन विश्वविद्यालय महाराजगन्ज कलेजमा आईओएम नाम निकाल्न सफल मुकेशकुमार रौनियारलाई समेत कलेजले सम्मान गरेको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र कार्यक्रम संयोजक बसन्त बस्नेतलगायतले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर