पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ११ मा रहेको सुम्निमा बोर्डिङ स्कूलमा ‘स्पोर्टस मिट सुरु भएको छ ।
स्कूल परिसरमा आजदेखि स्पोर्ट्स मिट सुरु भएको हो । उक्त स्र्पोट्स मिट एक सातसम्म सञ्चालन हुने स्कूलकी प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिइन् ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको स्र्पोट्स मिटमा नर्सरीदेखि कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले स्र्पोट्स मिटमा भाग लिएको सुब्बाले बताइन् । एक सातसम्म संचालन हुने स्पोर्टस मिटमा चकलेट रेस, बिस्कुट रेस, स्पून एण्ड मार्बल, सियो धागो रेस, बल कलेक्टिंग, म्यूजÞिकल चेयर, हाई जम्प, लंग जम्प, डार्ट , मेमोरि टेस्ट, टेबल सकर जस्ता खेलहरू समावेश छ । प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।