RUMPUM
animated ellipse animated ellipse

प्रदेश सरकार शून्यवाट शुरु भएको – मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७६, आईतवार २१:५४
3
Shares

विराटनगर / प्रदेश सरकारले स्थानीय तहको सरकारलाई विश्ववासमा लिई जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्नु पर्ने सुझाव कार्यक्रममा सहभागीहरुले दिएका छन् ।

नेपाल वुद्धिजीवी परिषद मोरङ र नेपाल राष्ट्रिय वुद्धिजीवी संगठन मोरङले आज विराटनगर आयोजित विकास र समृद्धिको यात्रामा प्रदेश १ सम्भावना र चुनौतिहरु विषय अन्तरक्रियामा उनीहरुले संङ्घीयता नेपालीहरुका लागि नौलो अभ्यास भएको यसको कार्यान्वयनमा आउने चुनौतीका सम्वन्धमा प्रदेश सरकारले जनतालाई शुसुचित गराउनु पर्नेमा जोड दिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून,, पूर्वाधार र दक्ष कर्मचारी विहिन अवस्थामा रहेको प्रदेश सरकारले शुन्यको अवस्थामा कार्य शुरु गरेको बताए ।

उनले प्रदेश सरकारले दोश्रो वर्षमा आवधिक योजना, वजेट तथा निजी तथा कार्यक्रममा उल्लेखनीय सफलता हासिल गरेको चर्चा गर्दै रचनात्मक आलोचना सहित सुझाव सदैव ग्रहण गर्ने जानकारी दिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले सङ्घीयताको कार्यान्वयनवाट मुलुकमा विकास भएको बताउदै आगामी असार सम्म विराटनगरमा १८० किलो कालोपत्र सडक , विगत ३० वर्षदेखि बन्न नसकेको विराटनगरदेखि भद्रपुर पुग्ने चार लेनको हुलाकी सडक आगामी एक वर्षभित्रमा सम्पन्न हुने बताए ।

परिषदका मोरङ अध्यक्ष टीकाराम पुरी, यज्ञ शर्मा, डा. अर्जुन वराललगायतले प्रदेश सरकारले द्रुत गतिका कामको गति वढाउन आवश्यक सुझाव लिन आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर