पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को मन्त्रिमण्डलमा चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश मुख्यमन्त्री शेरधान राईले नेपालको संविधानको धारणा १६८ को उपचार नौ वमोजिम प्रदेश सभासदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिश गरे अनुसार चार राज्यमन्त्री नियुक्ति गरेका हुन् ।
नियुक्त हुने राज्यमन्त्रीहरुमा रामवहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्विरबाबु गुरुङ्ग भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर(विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र बिजयकुमार विश्वास उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन् ।
उनीहरुलाई मुख्यमन्त्री राईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोह वीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
राज्यमन्त्री मगर इलामवाट, गुरुङ ओखलढुङ्गा,गजमेर(विश्वकर्मा)झापा तथा विश्वास मोरङ जिल्लाका हुन् ।