AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उद्योग क्षेत्रका समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न राजश्व वोर्ड गठन गर्ने तयारीमा – अर्थ मन्त्री खतिवडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७६, शुक्रबार २१:००
3
Shares
विराटनगर / संघिय सरकारका अर्थ मन्त्री युवराज खतिवडाले उद्योग/व्यवसाय क्षेत्रका समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न राजश्व वोर्ड गठन गर्ने तयारी भईरहेको बताएका छन् ।

आज विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा उद्योग व्यवसाय क्ष्ँेत्रका समसामयिक समस्याका बारै अन्तरकृया तथा छलफल कार्यक्रममा अर्थ मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले सामाजिक सुरक्षा कर कार्यान्वयन क्रममा देखिएका केही व्यवहारिक समस्यालाई क्रमश सुधार गर्ने जानकारी समेत गराए ।

अर्थ मन्त्री खतिवडाले वर्तमान समयमा वैंक व्याजदरमा स्थिरता आउनु, भारु वजारमा उपलब्ध हुनु, विद्युत निरन्तर प्राप्त हुन सकारात्मक संकेत भएको वताउदै अर्थतन्त्रलाई अझ वढी चलायमान वनाउन नीजि क्ष्ँेत्र अगाडी आउनु पर्ने धारणा राख्दै यसका लागि सरकार वातावरण वनाउन तयार रहेको वताए ।

निकट भविष्यमा वैंकिङ क्षेत्रसंग व्याज दर, विपन्न वर्गलाई दिईने कर्जा लगायतका विषयमा छलफल गरी यसमा देखिएका समस्यालाई सुधार गर्दै अर्थ मन्त्री खतिवडाले लैजाने विश्वास दिलाउदै आन्तरिक उत्पादनलाई असर नपार्ने गरी वैदेशिक लगानी ल्याउने स्पष्ट पारे । उनले निर्यात मूलक उद्योगहरुको लागि प्रोत्साहनका लागि विद्युत सहुलियत लगायतका विषयमा छलफल भईरहेको र आगामी दिनमा त्यसतर्फ काम गर्ने जानकारी गराए ।

छलफल कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक लगानीमा बैंकको व्याजदर एक अंकको कायम गर्नु पर्ने, वंैकहरुले उद्योग/व्यसाय क्षेत्रलाई दिइदै आएको पुनवृत्त को सुविधालाई सहज, सरल र सुलभ तवरले प्राप्त गर्न सक्ने व्यवस्था, वैंक तथा वित्तिय संस्थाको नविकरण शुल्कलाई स्थिर राख्ने व्यवस्था कायम गर्न अनुरोध गरे ।

अध्यक्ष घिमिरेले संस्थागत जम्मामा व्याज वढीमा २ प्रतिशतसम्म कायम गर्न, ६० वर्ष भन्दा कम उमेरकालागि अधिकतम २ प्रतिशत मात्र कायम गरी ६० वर्ष भन्दा माथिको उमेर भएकालाई ७ प्रतिशतदेखि १० प्रतिशत व्याज कायम गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनहरु वा कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरिएका निर्यातमूलक स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन गर्न निर्यातको आधारमा सहज निर्यात दिन अनुरोध समेत गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आन्तरिक अर्थतन्त्रलाई सुदृढ वनाउन रुग्ण तथा नोक्सानमा रहेका उद्योगलाई संरक्षणको नीति अवलम्वन गरी त्यस्ता उद्योगहरुलाई जिवन्तता प्रदान गर्नु पर्ने, निर्यात प्रवद्र्धनमा प्रोत्साहन दिनु पर्ने, स्थानीय तहमा लाग्ने कर एकिकृत गर्नु पर्ने उद्योगको वाई प्रडक्टमा कवाडी कर लाग्न नहुने धारणा रारे ।

अध्यक्ष मुन्दडाले श्रमिकको ज्याला प्रदेशिक विषय हुने गरी श्रम ऐन शंसोधन गर्नु पर्ने, आगामी वजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिईनु पर्ने, मिरगञ्ज पुलका कारण उत्पन्न समस्या समाधानका लागि कुटनितिक पहल गर्न अनुरोध गरे ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारका, शिवशंकर अग्रवाल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतान, शंकरलाल अग्रवाल, खेमचन्द लालवानी, निवर्तमान अध्यक्ष पवन सारडालगायतले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता, पु“जीको उपलब्धता, कर्जा प्रवाहमा सरलताका साथै परिवर्तित ऐन, कानुनबाट उत्पन्न भएको समस्या समाधानमा सक्रियता अपनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर