CLASSICTECH NET

जलाउन घाट पु¥याएको शव प्रहरीको निन्त्रयणमा

खबर पूर्वाञ्चल, २ माघ २०७६, बिहीबार १८:०१

विराटनगर / प्रहरीले विराटनगरस्थित सिंघीया खोलको घाटबाट एक महिलाको शव आज नियन्त्रणमा लिएको छ ।

घाँटीमा शंकास्पद डाम देखिएपछि विराटनगर महानगरपालिका–८ बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको शव नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनका अनुसार जलाउनका लागि घाटमा पु¥याएर चिता समेत बनाइसकेपछि घटना शंकास्पद रहेको जानकारी आएको थियो ।

मृतकको घाँटीमा चोट देखिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ ।

घटना शंकास्पद रहेकाले श्रीमान् गोविन्द साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।

श्रीमानको बयान पनि बाझिएका कारण उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख अधिकारीले बताए ।

शंकास्पद मृत्यु भएको सूचना आएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरीक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामबहादुर ढकाल नेतृत्त्वमा टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार महिलाको घाँटीमा देखिएको चोट पुरानो होइन ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५