भूकम्प प्रतिरोधी घर बनाउन ३३ जना डकर्मीलाई तालिम

खबर पूर्वाञ्चल, २९ पुष २०७६, मंगलवार २१:३८

विराटनगर / विराटनगर महानगरमा डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ ।

विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरिएको हो ।

विराटनगर महानगरभित्रका ३३ जना डकर्मीहरुलाई तालिममा सहभागि गराइएको थियो । महानगरद्धारा आयोजित डकर्मीहरुको तालिम समापन कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले तालिम फलदायी भएको बिश्वास गरे । उनले महानगर क्षेत्रमा भवन सहिंता अनुरुपका भवन बन्ने बताए । निर्माणमा सरोकार सम्वन्ध डकर्मीलाई यसप्रकारका तालिमको प्रबन्ध मिलाउने पराजुलीले बताए । उनले निर्माणमा सम्लग्न सवै डकर्मीहरुलाई बिमा गर्न र शुरक्षित कसरी रहन सकिन्छ भन्ने कुरामा समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उपमेयर इन्दिरा कार्कीले यसप्रकारका तालिमले भुकम्प प्रतिरोधात्मक शुरक्षित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आबश्यक रहेको औल्याइन । कार्यक्रममा तालिममा सहभागि डकर्मीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

महानगरपालिकामा भवन संहिता कार्यान्वयन कार्यक्रममा टेवा पुगोस् भनेर यसप्रकारका तालिम प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । कार्यक्रममा इन्जिनियर अर्जुन थापा, आर्किटेक प्रविना पोखरेल लगायतले कार्यक्रमको समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

biranagar metro
NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५