CLASSICTECH NET

नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार २०:०३

झापा / झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारमा नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

सोही गाउँपालिका–४ चकचकी का स्थानिय व्यापारीअरफाकआलमसँगनक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका १ का २८ वष्र्मि पर्शुराम महत्तोर सोही गाउँपालिका– ३ का २० वर्षिय जिवन दास रहेको झापा प्रहरीले जनाएको छ ।उनीहरुले प्रदेश १ प्रहरी कार्यालय विराटनगरको सिआइवी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए ।

घटनाबारेमा स्थानीयलाई शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ उक्त स्थानतर्फ खटिएको प्रहरीको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्याएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५