गण्डकीलाई पराजित गर्दै सुदुरपश्चिम सेमीफाइनलमा

खबर पूर्वाञ्चल, २७ पुष २०७६, आईतवार २०:५५

सुनसरी / सुदुर पश्चिम प्रदेश मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

इनरुवामा जारि प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेश बिरुद्ध ९ विकेटको सहज जितको साथ सुदुरपश्चिम समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो । सुदुरपश्चिमले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।
इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदुरपश्चिमले मात्र १ विकेट गुमाएर १० दशमलव २ ओभरमा पुरा गर्यो ।

सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए । गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २३ दशमलव ३ बलमा ६४ रनमै सबै विकेट गुमाएको थियो । गण्डकीलाई सानो योगफलमा सिमित गर्न सुदुर पश्चिमका देब्रे हाते स्पिनर बिनोद लामा एक्लैले ७ विकेट लिए । लामाले अघिल्लो खेलमा मलेसिया बिरुद्ध पनि ४ विकेट लिएका थिए । ७ विकेट हात पार्ने क्रममा लामाले ९ दशमलव ३ बल बलिङ गर्दै २ मेडन ओभर सहित १४ रन मात्र खर्चिए । यस्तै अफ स्पिनर शेर मल्लले २ विकेट तथा तिब्र गति बलर बिक्रम ठगुन्नाले १ विकेट लिए ।

गण्डकी प्रदेशको लागि ओपनिंग ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खेलको प्लेयर अफ द म्याच सुदुरपश्चिमका बिनोद लामा चुनिए । प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को अन्तिम खेलमा सोमबार मलेसिया र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ । समुह ’ए’ बाट त्रिभुवन आर्मी क्लब, समुह ’बि’ बाट नेपाल पुलिस क्लब तथा समुह ’सी’ बाट प्रदेश नम्बर ३ ले यस अघिनै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

biranagar metro
NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५