CLASSICTECH NET

राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्दै जोन बोल्टन

खबर पूर्वाञ्चल, २२ पुष २०७६, मंगलवार १९:१३

अमेरिका / अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गरेका हुन् । तर तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेका बेला बोल्टनको यस्तो भनाई आएको हो । बोल्टनले एक विज्ञप्ती जारी गरी आफू ट्रम्पविरुद्धको महाअभियोग छानविनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ । बोल्टन राष्ट्रपति ट्रम्पका विवादास्पद गतिविधिका बारेमा जानकार रहेको बताईएको छ ।

राष्ट्रपति ट्रम्पलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनमाथि दवाव दिएको आरोप लागेको छ । ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्ना सम्भावित प्रतिस्पर्धिलाई भ्रष्टाचारको अभियोगमा छानविनको दायरामा ल्याउन युक्रेनमाथि दवाव दिएको विपक्षीहरुले आरोप लगाएका छन् । बीबीसी

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५