AArya
RUMPUM
animated ellipse animated ellipse

सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७६, मंगलवार १८:५९
3
Shares

इराक / गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । ४८ जना गम्भीर घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु आएका थिए । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।

इरानी मिडियाहरूले जनाएअनुसार, गृहनगर केरमनमा अन्त्येष्टि कार्यक्रम चल्दै गर्दा भागदौड भएको हो ।

बिहानैदेखि केरमनका सडकहरू अन्तिम श्रद्धाञ्जलि दिन आउनेहरूको भिडले भरिएको थियो । सुलेमानीको मृत्युसँगै अमेरिका र इरानबीच द्वन्द बढेको छ । सुलेमानी इरानको दोस्रो शक्तिशाली व्यक्ति मानिन्थे ।

सुलेमानी आतंकवादी क्रियाकलापमा संलग्न रहँदै आएको र उनीबाट मध्यपूर्वमा खटिएका आफ्ना कूटनीतिज्ञ र सेनालाई खतरा पैदा भएको ठर्हयाउँदै अमेरिकाले उनको ज्यान लिएको हो । सुलेमानीको गृहनगरमा मानिसहरू अभूतपूर्व रूपमा भेला भएको एजेन्सीहरूले जनाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर