CLASSICTECH NET

विराटनगरमा जारी जुत्तामेलामा डेढ करोडको कारोबार,भारतीय ग्राहकको भिड

खबर पूर्वाञ्चल, २१ पुष २०७६, सोमबार २०:०९

विराटनगर / प्रदेश १ का ग्राहकलाई लक्षित गरी नेपाली जुत्ताघरले विराटनगरको जैनभवनमा सुरु गरेको जुत्ता चप्पल व्यापार मेलामा डेढ करोडको कारोबार भएको छ ।

पुष १ गतेदेखि शुरु भएको मेलामा २० हजार जोरभन्दा बढी जुत्ताचप्पल विक्री भएको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा सीमावर्ती क्षेत्रका भारतीय ग्राहकको भिड बढ्दै गएको छ । पुष मसान्तसम्म हुने मेलामा सस्तोमा जुत्ता चप्पल पाइने र नेपाली जुत्ता टिकाउ हुने भएकाले भारतीय ग्राहक ओइरिएको अध्यक्ष उपाध्यायले बताए । ग्राहकले मेलामा ६० प्रतिशतसम्म छुट पाउने आयोजक नेपाली जुत्ताघरले जनाएको छ । भारी छुट पाएपछि मोरङसहित झापा, धनकुटा, सुनसरीदेखि ग्राहकहरु मेलामा आइरहेका छन् ।

मेलामा नेपालमा नाम चलेका जुत्ताचप्पल उत्पादकहरु शिखर सुज, विएफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपरका ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा १ सयदेखि १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध छन् । सुविधा पाएपछी जुत्ता चप्पल खरिद गर्ने उपभोक्ताको भिड लागेको हो । मेलामा सर्वसाधारणको भिड बढेकाले हामी उत्साहित छौं, जुत्ताघरका अध्यक्ष उपाध्ययले भने, भारी छुटमा जुत्ताचप्पल उपलब्ध भएकाले सर्वसाधारणले मेलालाई जुत्ता चप्पल किन्ने अवसरका रुपमा लिएका छन् ।

जाडोको सिजनलाई लक्षित गरेर सुरु गरिएको जुत्ता चप्पल मेलामा १ सय ५० रुपैयाँदेखिका चप्पल र जाडोको न्यानो जुत्ता २ सय रुपैयाँदेखि उपलब्ध रहेको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपलभोक्ताले पाउने छन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कूल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षणका रुपमा छन् ।,

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५