AArya
RUMPUM
animated ellipse animated ellipse

भर्ना भएका नयाँ विद्यार्थीहरुलाई इडेनवर्ग इन्टरनेशनल कलेजको स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७६, शनिबार १९:११
27
Shares

विराटनगर / विराटनगर–९ मा रहेको इडेनवर्ग इन्टरनेशनल कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कलेजले विविए तथा विपिएचमा प्रथम वर्षमा भर्ना भएका १० औं ब्याचका पहिलो सेमेस्टरका विद्यार्थीहरुलाई आज शनिवार कलेजमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थियो । दुवै संकायमा ८० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालय प्रध्यापक संघका केन्द्रीय अध्यक्ष डा. सन्देशदास श्रेष्ठ,कलेजका क्याम्पस प्रमुख मेदानन्द झा, कलेजका सञ्चालक कैलाश खाकी श्रेष्ठ र शिक्षक डा. भविश्य मिश्र लगायतले कलेजमा भर्ना भएका ८० विद्यार्थीलाई कलेजको बारैमा जानकारी गराएका थिए ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष देवेश प्रधानको सभापतीत्वमा भएको कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीले नवँ आगन्तुक विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर