खबर पूर्वाञ्चल
आज उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन भिकाउने आदेश दिएको हो । गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशको तीन दिनपछि सरकारी वकिलको कार्यालय सुनसरीले हिजो उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो । आज मुख्यन्यायाधीश श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।
गत कात्तिक ४ गते राति महिला अनुयायीलाई बलत्कार गरेको आरोपमा गिरी मंसिर १६ गते पक्राउ परेका थिए ।