RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७६, मंगलवार २०:०९
3
Shares
फाइल तस्वीर

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईद्धारा जारी सन्देशमा भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।
यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु, मुख्यमन्त्रीले जारी गरेको सन्देशमा भनिएको छ ।

यी चाडले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर