RUMPUM
animated ellipse animated ellipse

राजश्व चुहावट नियन्त्रण गर्न उद्योगिको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७६, शुक्रबार २१:५३
3
Shares
विराटनगर / राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भंसार विभाग, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा राजश्व चुहावट नियन्त्रण तथा उद्योग/व्यापारसंघ सम्वन्धित छलफल कार्यक्रमको आयोजना गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भंसार, राजश्व विभाग प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसंग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको समस्या समाधानमा तीन निकायको महत्वपूर्ण भुमिका हुने वताए । उनले तीन निकायको आपसि समन्वयले यस क्षेत्रमा व्याप्त समस्या समाधानमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले तीनै क्षेत्रको उपस्थितीमा छलफल कार्यक्रम आयोजना गरिएको वताउदै ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलताहरुलाई सहज वनाउन तीनै निकायका प्रमुखसंग माग गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग/व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उक्त क्षेत्रको निर्वाध सञ्चालनमा देखिएको कानुनी असपष्टतालाई स्पष्ट पार्दै सहज वातावरण तयार गर्नु पर्नेमा जोड दिए । उनले भंसार, राजश्व क्षेत्रसंग सम्वन्धीत कतिपय समस्याहरुलाई आपसि सम्वादका माध्यमवाट पनि समाधान गर्न सकिने भएकाले नीजी क्षेत्र र राजश्व प्रशासन वीच नीरन्तर सम्वाद छलफल र अन्तरकृया हुनु पर्नेमा जोड दिए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदवहादुर कुवँरले व्यवसायीले भोग्नु परेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पु¥याउने वताए । उनले औद्योगीक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समिृद्धि वनाउने नीजि क्षेत्रको भुमिका महत्वपूर्ण हुने र मुलुकको समुद्धिमा सवै निजि क्षेत्र र सरकारको भुमिका फरक–फरक हुने भएकोले सवैले आफ्नो भमिका सक्रिय रुपमा निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले नीजि क्षेत्रको विकासका लागी नितिमा देखिएका अफठ्याराहरुलाई क्रमश संच्याएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले उद्योगी/व्यवसायीबाट प्राप्त सुझावलाई आगामि दिनमा कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै वद्लिदो निति नियममा शुरुवाती चरणमा अफठ्याराहरु देखिएको भएतापनि यसलाई क्रमश सुधार गरिदै लागिएको वताए ।

कार्यक्रममा कोशी करिडोरका जिल्ला÷नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले उद्योगी/व्यवसायीले भोग्दै आएका समस्याहरुकोै समधानका लागी अनुरोध गरे ।

भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयतमुखी अर्थतन्त्रलाई प्रतिस्थापन मुखी बनाउदै समुद्ध राष्ट्र वनाउन सरकारसंगै नीजि क्षेत्र समेत वलीयो हुनु पर्ने भएकाले नीजि क्षेत्रको क्षमता अभिबृद्धि गर्दै सवल र सक्षम अर्थतन्त्र निमार्णका उद्योग÷व्यवसाय क्षेत्रको भुमीका महत्वपूर्ण हुने स्पष्ट पारे । उनले विराटनगरको आइसिपि छिट्टै सञ्चालनमा आउने जानकारी गराउदै आइसिपि सञ्चालन पश्चात व्यापार÷व्यावसाय क्षेत्रका लागी सहजिकरण हुने विश्वास व्यरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर