पूर्वाञ्चल खबर
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सुरु गरेको स्वास्थ्य जीवन प्रवद्र्धन अभियानको आज विराटनगरमा शुभारम्भ गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
मन्त्री ढकालले मुलुक विधीबाट नचलेको कारणल गर्दा मन्त्रालयको फाइल पनि नभेटिने गरेकोे बताए । ‘यस मध्ये पनि स्वास्थ्य मन्त्रालय जनस्तरको हो । यही मन्त्रालय सिंहदरवार बाहिर छ,’ उनले भने, ‘मन्त्रालयमा केही विषयको रेकट मगाउँदा भेट्न मुस्किल परेको छ ।’ मन्त्री ढकालले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोे मन्त्रालय भएकोले यसलाई सुधार गरेर अगाडी बढनुपर्ने दायित्व रहेको बताए ।
‘राज्यले लगानी गरेको संस्थाको दुरुपयोग गरेर निजी अस्पताल मटोउन षडयन्त्र मुलक ढंगले काम भइरहेको छ,’ मन्त्री ढकालले भने, ‘यसमा सबै सचेत बन्न हुन जरुरी छ ।’
कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले प्रदेश सरकारले सुरु गरेको स्वास्थ्य जीवन प्रवद्र्धन अभियान शहरदेखि टोलसम्म प्रभावकारी रुपमा कार्यन्वयन गर्न जरुरी रहेको बताए । स्वास्थ्य अभियानलाई प्रभावकारी बनाएर जनस्तारसम्म पु¥याउन सबै लाग्नुपर्ने मन्त्री घिमिरले जोड दिए ।
प्रदेशको वजेट विगतमा अस्पताल, स्वास्थ्य चौकीमा खर्चमा भएकोमा अव रोग लाग्न नदिनका लागि ‘स्वास्थ्य प्रवद्र्धन अभियान’मा खर्च गरिने जानकारी दिदै
मन्त्री जीवन घिमिरेले यस अभियानलाई सफल कार्यान्वयनमा ल्याउन जनप्रतिनिधिले ठुलो भूमिका खेल्नु पर्नेमा जोड दिए ।
मन्त्री जीवन घिमिरेले रोगको जडको रुपमा रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण अभियान महानगरपालिकाको सहयोगमा सञ्चालन प्रदेश राजधानी विराटनगरवाट शुरु गर्ने जानकारी दिदै सवै स्थानीय निकायले कानूनको कार्यान्वयनवाट यसलाई नियन्त्रण गर्न आग्रह गरे ।
मन्त्री घिमिरेले प्रदेशमा अहिले तीन प्रतिशतले स्वास्थ्य वीमा गरेको जानकारी दिदै यसलाई जागरण अभियान सञ्चालन गरी शतप्रतिशत पु¥याएमा यस क्षेत्रमा रहेको अस्पतालको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
अभियान शुभारम्भ कार्यक्रममा मन्त्रालयका सचिव वीरवहादुर साई,प्रदेश सदस्य ओमप्रकाश सरावगी, पूर्व सांसद गुरु बराल, मादी नगरपालिका र कन्काई नगरपालिका प्रमुखद्वय विदुर सुव्वा र राजेन्द्रप्रसाद पोखरेलले विद्यालय शिक्षामा प्राकृतिक र योग शिक्षालाई २५ पूर्णाङ्कको राख्नु पर्नेमा जोड दिए ।
शुभारम्भमा मन्त्रालयका सचिव राई र पूर्व राजदूत महेशकुमार मास्केले स्वास्थ्य जीवन र स्वास्थ्य जीवन कार्यक्रम केहि विचार र सुझाव विषयक कार्यपत्र प्रस्तुत गरे ।
‘स्वास्थ्य जीवन प्रणाली’ अभियानलाई प्रदेशका १४ जिल्लामा आहार, विहार र विचारको रुपमा एक घर पाँच योग, पाँच जडिवुटी, पाँच सकारात्मक सोचलाई वडास्तरमा शुभारम्भ गरिने भएको छ । यसका लागि प्रदेशमा मन्त्रीस्तर, जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायमा प्रमुख र वडामा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी आगामी फागुन महिनाभित्र निर्देशिका लागु पर्ने आज यहाँ प्रतिवद्धता व्यक्त गरियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलामा अध्याधिक हुने पाठेघर मुखको क्यान्सर परीक्षण स्थानीय स्वास्थ्य चौकीमा निःशुल्क गर्नुका साथै सात वटा अस्पतालमा उपचारको व्यवस्था छ भने यस वर्षमा थप १४ वटा गर्ने व्यवस्था मिलाइएको सोही अवसरमा जानकारी दिइयो ।