RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप फुटवल ट्रष्टले पायो पूर्णता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ पुष २०७६, मंगलवार १९:२५
3
Shares

विराटनगर/ विराट गोल्डकप फुटवल ट्रष्टले पूर्णता पाएको छ । ट्रष्टको अध्यक्षमा सन्तोष बानियाँ चयन भएको झण्डै तीन महिनापछि फुटवल ट्रष्टले आज पूर्णता पाएको हो ।

ट्रष्टको उपाध्यक्षमा किशोरबहादुर शाही, महासचिवमा मनोज वस्नेत, सचिवमा दिनेश वस्नेत, कोषाध्यक्षमा ध्रुव सिग्देल र सहकोषाध्यक्षमा अनुज बानियाँ चयन भएका छन् ।

१५ सदस्यीय ट्रष्टको सदस्यहरुमा बसन्तराज अर्याल, राजेश हमाल (ठकुरी), किशोर तिम्सीना, शंकर खरेल, मनोजविक्रम शाह, मधुसुदन खनाल, किरण गिरी, धनकुमार लामा र दीपेन्द्र धिमाल चयन भएका छन् । पूर्व खेलाडीहरुलाई समेटेर ट्रष्टको पदाधिकारीहरु चयन गरिएको अध्यक्ष सन्तोष बानियाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर