पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको एभरेष्ट कलेज सिङ्गीङ आइडलको उपाधि निहारिका बरालले जितेकी छन् ।
आज भएको फाइनल स्पर्धामा कक्षा ११ मा अध्ययनरत बरालले १० जना प्रतिष्पर्धिलाई पछि पार्दै गायनप्रतिष्पर्धाको उपाधि जितेकी हुन् । प्रतियोगितामा फष्ट रनरअप बिसाजा खतिवडा र सेकेण्ड रनरअप रोजिना घिमिरे बनेका छिन् । कलेजका ३० जना विद्यार्थीहरुबाट छानिएर गएका १० जनाले फाइनलमा भाग लिएका हुन् ।
एक महिनाअघि शुरुभएको अडिसनबाट तीन चरण पार गर्दै उनीहरु फाइनलसम्म पुगेका हुन् । उनीहरुलाई प्रशिक्षक राजन राईले सहजिकरण गरेका थिए। प्रतियोगिताका बिजेताहरुलाई प्राचार्य टिकाराम पुरीले बधाई दिँदै नगद राशिसहित शिल्ड र प्रमाणपत्र वितरण गरे ।
समापनकार्यक्रमलाई सम्बोधनगर्दै उनले विद्यार्थीहरुलाई अध्ययनसँगै आफूभित्र रहेको प्रतिभालाई समेत प्रष्फुटन गर्न सक्नेले सफलता हात पार्ने भन्दै हौसला प्रदान गरे । हरेक वर्ष गायन प्रतिष्पर्धाको नामबाट हुदै आएको प्रतियोगितालाई भव्यता प्रदान गर्दै कलेज आइडलको रुपमा आयोजना गरिएको कलेजका प्रशासन प्रमुख प्रवेश पौडेलले बताए ।