AArya
RUMPUM
animated ellipse animated ellipse

६० बर्षिय बृद्धको डा. विष्टका छोरा रितिकले गरे उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७६, मंगलवार १९:४८
18
Shares
बिराटनगर /पैसाको अभावले उपचार गराउन नसकेका विराटनगर—५ शंकरबारीका श्यामलाल सतारलाई एक युवाले उद्धार गरेको छ ।

न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्रकुमार विष्टका छोरा रितिक विष्टले श्यामलालको घर पुगेरै उद्धार गरेका छन् । पैसाको अभावमा उचित उपचार गराउन नसकेका बिरामी सतारको मस्तिष्क भित्र रक्त नली फुटेको थियो ।

उच्च रक्तचापका बिरामी रहेका सतार विगत ३ बर्षदेखि औषधि सेवन गर्दै आएका थिए , तर पछिल्लो एक महिना यता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो । बिरामी सतारकी श्रीमति सुशिला सतारले , बिराटनगर कै केहि अस्पतालमा प्रारम्भिक उपचार गराए पनि पैसाको अभावले उपचार नगराएर घर फर्किएको बताइन् ।

दुई छाक टार्दै आएको सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० बर्षिय श्यामलालको अवस्था निकै पीडादायी थियो । अन्ततः उनीहरुको समस्या थाहा पाउना साथ न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा.विरेन्द्रकुमार बिष्टका छोरा रितिक विष्टले श्यामलाललाई न्यूरो हस्पिटल ल्याई निःशुल्क उपचार सुरु भएको बताए । उनले श्यामलालको अहिले न्यूरो हस्पिटलको न्यूरो कृटिकल केयर युनिटमा उपचार भइरहेको रितिकले बताए । उनले स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा सरकार र यूवाहरुले पहल गर्नु पर्नेमा जोड दिए ।

आइतबार बिहान श्यामलाल गाईलाई हेर्न गोठ गएका थिए । र सोहि स्थानमा ढलेको श्रीमती शुशीलाले बताइन् । तत्कालै उस्पताल लगे पनि पैसाको अभावले उपचार हुन सकेको थिएन । भक्कानिदै उनले भनिन , अलि अलि भएको पैसा पनि सक्यो , पैसा नभए पछि केहि उपाय नलागेर घरमै राख्नु पर्यो । पीडितकी श्रीमती सतारले भनिन् , अन्त्यमा एक जना युवा रितिक बाबुले नै सबै खर्च बेहोरेर निःशुल्क उपचार गर्दिने हुनुभयो । रितिक अहिले काठमाण्डौं मेडिकल कलेजमा एम.बि.बि.एस अध्यनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर