पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ बाट ठुलो परिणामको लागु ओषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
सानो सफाई का ५६ बर्षिय राम राई ६९ केजी गाँजासहित पक्राउ परेका हुन् । हिजो दिउँसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट सो परीमाणको गाँजासहित पक्राउ गरेको हो । राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकका आधारमा उनको घरमा रित पूर्वक खानतलासी गर्दा घर भित्र संचय गरी राखेको ५१ केजी तयारी गाँजा फेला पारी बरामद गरिएको हो भने उनैले वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा अठार १८ केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बरामद गरिएको गाँजा र पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखीएको छ भने राई उपर थप अनुसन्धान भईरहेको धनकुटा प्रहरलिे जनाएको छ ।