पूर्वाञ्चल खबर

अस्पतालको औपचारिक रूपमा उद्घाटन गरि सञ्चालनमा ल्याउने तयारि गरिएको आज पत्रकार सम्मेलन गरि जानकारी दिए । उक्त हस्पिटलको उद्घाटन आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने सञ्चालक नमिना न्यौपानेले जानकारी दिइन् । यो अस्पतालकोे अध्यक्ष शिवा उपाध्याय (अञ्जु) रहेकी छिन् ।
अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानका माध्यमबाट अनुभवी, विज्ञ र दक्ष चिकित्सकबाट अस्पतालले सेवा दिने सञ्चालक न्यौपानेले जानकारी दिइन् । तीन कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न भवनमा रहेको अस्पतालको सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा रहेको उनले बताइन् ।
औपचारिक रूपमा प्रदेश १ का मुख्यमन्त्री ज्यूले उद्घाटन गरि सञ्चालनमा ल्याउने तयारीमा छौ,’ सञ्चालक न्यौपानेले भनिन् । अस्पताल खोलेको जानकारी पाएपछि अहिले प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार गर्न बिरामीहरू आउन थालेका उनले बताइन् ।
पहिलो चरणमा १० शैयाको अस्पताल सञ्चालन गर्ने स्वीकृत पाएको जानकारी दिदै उनले चाँडै ५१ शैय्याको पु¥याएर प्राकृतिक चिकित्सा पद्धतीबाट गुणस्तरीय सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् ।
अस्पतालमा प्राकृतिक चिकित्सा एवं वैकल्पिक चिकित्सा विज्ञानमा रहेर शिरोधारा, योगामड थेरापी, जाकुजी, स्टीम बाथ, साउना बाथ, अकुप्रेसर, अकुपञ्चर फिजियोथेरापी, डाइट तथा न्यूट्रिशन आदिको माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ र प्रभावकारी उपचार गरिने संचालक न्यौपानेले बताइन् ।
रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिइन् ।