AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बुद्धोदय सहकारीको नाफा साढ ५७ लाख

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७६, बुधबार १७:१८
3
Shares
विराटनगर / विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७५÷०७६ मा ५७ लाख ५७ हजार १ सय ४६ रुपैयाँ खूद नाफा गरेको छ । सहकारीको बुधबार विराटनगरमा भएको ११ औं वार्षिक साधरण सभामा सो जानकारी गराएको हो ।

सहकारीका लेखा संयोजक अविनाशकुमार निधीले दिएको जानकारी अनुसार एक वर्षमा १ करोड ५७ लाख २२ हजार ९ सय ३६ रुपैयाँ आम्दानी गरेको जानकारी दिए । सहकारीले ऋण लगानि ७ करोड ६३ लाख ९० हजार ८ सय ३१ रुपैयाँ गरेको छ । ५७ लाख ५७ हजार १ सय ४६ रुपैयाँ खुद बचतलाई आर्थिक वर्षमा कोषमा लगेको सहकारीले जनाएको छ ।

सहकारीको सेयर पूँजी १ करोड ८७ लाख ३४ हजार ८ सय रुपैयाँ रहेको छ भने निक्षेप बचत ७ करोड २२ लाख ४४ हजार ६ सय ५७ रुपैयाँ रहेको बताइएको छ । सहकारीमा ३ सय ७२ महिला र ३ सय १७ पुरुष गरि जम्मा ६ सय ८९ जना आवद्ध रहेका छन् । सोही अवसरमा सहकारीले पत्रकार अनन्तराज न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । १० हजार १ सय ११ रुपैयाँ नगदसहित कदर पत्र र दोसल्ला ओढाएर प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे । त्यस्तै सहकारीले साधारण सभाको अवसर पारेर आयोजना गरिएको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिताको प्रथम विराटनगरस्थित जेम्स इन्टरनेश्नल स्कूल घोषित भयो । द्धितीय मोर्डन एरा र तृतीय पोखरीय मावि भएको थियो । उनीहरूलाई पनि क्रमशः ५, ४ र ३ तीन सहकारीले पुरस्कार प्रदान ग¥यो ।

बुद्धोदयको अध्यक्षमा खनाल
बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रप्रसाद खनाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघको ११ औं साधरणसभाबाट खनालको अध्यक्षमा ७ सदस्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिब बासुबहादु बस्नेत र कोषाध्यक्षमा हरिचरण न्यौपाने रहको छन् ।

समितिको सदस्यहरुमा सुष्मा दाहाल, यादव पोखरेल र यज्ञ खतिवडा रहेका छन् । लेखा समिति संयोजकमा अविनास निधी र सदस्यहरुमा हेमलत्ता बस्नेत, छवि फुयल रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर