AArya
RUMPUM
animated ellipse animated ellipse

दश वर्षभित्र प्रदेश १ मा २ सय ४ अर्वमा ७ हजार २२६ किमि सडक विस्तार हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७६, मंगलवार १७:००
3
Shares

विराटनगर / आगामी १० वर्षभित्र प्रदेश १ मा प्रदेश सरकारले २ सय ४ अर्वको लागतमा ७ हजार २ सय २६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरु योजना आज सार्वजनिकरण गरेको छ ।

आज विराटनगरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजित ‘सडक संजाल गुरु योजना सन् २०२०–३० ’ सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रदेश अन्तर्गतका १ सय ३७ स्थानीय निकायका पालिका केन्द्रसम्म सर्वयाम सडकको पहुंज पु¥याउन आगामी १० वर्ष भित्र सडक खण्डले सेवा पु¥याउने जनसख्यालाई प्रमुख मापदण्ड बनाई सडकको प्राथमिकिकरण गरिएको छ ।

विस्तार गरिने सडकमा प्रादेशिक लोक मार्ग अन्तर्गत एक हजार ७ सय १७ किमि दुई लेनको कालोपत्र नयाँ निर्माण वा स्तरान्नति, सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किमि मध्यम लेन कालोपत्रमा स्तरोन्नति र अन्य प्रादेशिक ८३ किमि ग्रावेल स्तरको हुनेछ ।

तराई र पहाडमा जनघनत्वको वितरण फरक भएकोले दुवैको छुट्टै प्राथमिकीकरणका आधारमा विस्तार गरिने भएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष सडक निर्माणमा ८ अर्व खर्च गर्ने भएकोले पाँच प्रतिशतको वार्षिक वृद्धिले आगामी दश वर्षमा १ सय ५ अर्वको खर्च देखिन्छ भने अपुग ९९ अर्व दातृ निकायको सहयोग लिने भएको छ ।

प्रदेश अन्तर्गतका प्रादेशिक लोकमार्गका सडक ४४ ,सहायक लोकमार्ग १ सय १२ र अन्य प्रदेशक सडक १ सय ५६ वटा रहेका छन् । उक्त सडकलाई तोकिएको स्तरमा पु¥याउने ४ सय ६० वटा सडक पुल निर्माण एवं मर्मत सम्भार गर्नुपर्ने छ ।

प्रदेश अन्तर्गतका प्रत्येक १५ किमिमा एक पुल हुने भएको जम्मा ४ सय ६० पुल मध्ये १ सय ३० को कार्य भइरहेको छ । पुल निर्माण र मर्मतसम्भारमा १९ अर्व खर्च हुने सार्वजनिकरणमा जानकारी दिइयो ।

प्रदेश सरकारका गुरु योजना अन्तर्गतको सडक निर्माणका लागि विश्व वैंक तथा एशियाली विकास वैंकलगायत अन्र्तगत दातृ निकायसंग आजदेखि छलफल शुरु गरिएको छ ।

प्रदेश ं १ का मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले संयुक्त रुपमा प्रदेश सडक गुरु योजना सार्वजनिक गरेका छन् ।
यस सडक गुरु योजनाले प्रदेशको आर्थिक समृद्ध कायम गर्न ठूलो सहयोग पुग्ने मुख्यमन्त्री राईले बताए । उनले पहिलो पूर्वाधार सडक भएकोले गुरु योजनावाट प्रत्येक स्थानीय तह समेत जोडिने भएकोले जथाभावी सडक निर्माण कार्य बन्द हुने बताए । मुख्यमन्त्री राईले यस क्षेत्रका जनतालाई रोजगार ,कृषि, जलविद्युतको विकासका लागि आगामी वैशाखमा लगानी सम्मेलन गर्ने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेशको विकासका लागि लगानी छनौट गरिएका ठूलो २६ र मध्यम ६५ योजनाकोहरुमा निजी तथा वाह्य क्षेत्रका लागनीलाई जोड्ने बताए । उनले यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना भएकोले सरकारले चाँडै नै पर्यटन विकास सम्वन्धि गुरु योजना सार्वजनिक गरिने जानकारी दिए ।

सार्वजनिक गरिएको गुरु योजनामा सङ्घीय सरकारको वित्तिय व्यवस्था अन्तर्गत अनुदान आउने जानकारी दिदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले मुख्य राजमार्ग निर्माणमा सङ्घीय र प्रदेश सरकारको पाँच वर्षमा एक खर्व खर्च हुने गरेको बताए । उनले क्षमता वृद्धि, दक्ष जनशक्ति , बजेट कार्यान्वयन नै अहिले मुख्य चुनौति रहेको चर्चा गर्दै गुरु योजना सम्पन्न गर्न समयमा केही लागत वृद्वि हुने सक्ने आशंका भएको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सडक विस्तारवाट पर्यटनको हाम्रो संस्कृति विश्व वजारमा पुग्दा यस क्षेत्रमा रोजगारीका साथै आर्थिक समृद्ध कायम हुन बताए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले सङ्घीय सरकारको अन्तर्गत राष्ट्रिय सहायता परिचालन नीति अनुरुप दातृ निकायवाट सहयोग प्राप्त भै सार्वजनिक खरीद ऐन अनुरुप समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर