खबर पूर्वाञ्चल
कलेजले आज विविएमा भर्ना भएका पाँचौ ब्याच तथा एमविएमा भर्ना भएका चौथो ब्याचमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गरेको हो । कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै कलेजको बारैमा विद्यार्थीहरुलई जानकारी गराएको थियो । कलेजमा विविएमा भर्ना भएका ५० तथा एमविएमा भर्ना भएका ३१ जना विद्यार्थीलाई स्वागत गर्दै कलेजको बारैमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।
कार्यक्रममा कलेजका कलेजका प्रवन्धक निर्देशक दिपक कोइराला, एकेडेमी निर्देशक प्रा.डा. वेदराज आचार्य, फेकल्टी इन्चार्ज आशिष पाण्डेले नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराउँदै स्वागत गर्दै कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएका थिए । कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष डा. भेषप्रसाद धमालाले गरेका थिए ।
सो अवसरमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थी विच मिस्टर एण्ड मिस फ्रेशर प्रतियोगिता समेत आयोजना गरेको थियो । मिस्टर फ्रेशरको उपाधि नियम श्रेष्ठ तथा मिस फ्रेशरको उपाधि प्रनिता रेग्मीले हात पारेकी छिन् । कलेजमा ३६ जना कोटा रहेकोमा ३० जना विद्यार्थी भर्ना भएको जनाएको छ । कजेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर उपस्थीत अतिथी तथा विद्यार्थीहरुलाई थप मनोरञ्जन दिएका थिए ।