पूर्वाञ्चल खबर
झापा / झापाको भद्रपुर नगरपालिका ५ बाट तास खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रपुर नगरपालिका ५ मा रहेको पुल हाउसमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेका भद्रपुरकै संजित घोष, विजय साह, देबेन्द्र राजवंशी, कृष्ण अग्रवाल, सागर खड्का, बलदेव राजवंशी, अमरदिप घोष, राजिप सहनी, रुपेश झा, रवी राजवंशी, अनुज दास, गणेश सिह, कबिर क्षेत्री, शिब महतो, संजिप साह, श्रवण कामती र बुद्ध नारायण महतोलाई पक्राउ गरेको हो ।
तासको खालबाट प्रहरीले नगद २ लाख २६ हजार ,५४२ नगद , १ बुङ तास र १६ थान मोवायल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।