पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोश्रो ब्याचका स्नातक तहको व्यवस्थापन डिग्री (बिबिएम) विषयका विद्यार्थी दीक्षित हुने भएका छन् ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो । विराटनगरको बिग होटेलमा मङ्सिर ५ गते हुने उक्त दीक्षान्त समारोहमा ७१ जना विद्यार्थी दीक्षित हुन लागेको कलेजका विजेनेश डेभलपमेन्ट प्रमुख विविक दाहालले जानकारी दिए ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका प्रो उपकुलपति टिम स्टिलीले विद्यार्थीहरुलाई दीक्षित गर्ने कलेजका प्रमख कार्यकारी डा ऋषिकेश वाग्लेले बताए ।
ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौ , पोखरा , इटहरी जस्तै विराटनगरमा पनि विविएमको कोर्स मेरिल्याण्ड कलेजले सञ्चालन गरिरहेको छ ।
वेलायतमा पाइने शिक्षा नेपाल मै उपलब्द गराएर दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले बताए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।