पूर्वाञ्चल खबर
धरान / नेकपाका उमेदवार प्रकाश राईलाई जिताउन धरानमा रहेको मजदुरहरुले १ सय ३५ सदस्यीय मजदुर परिचालन कमिटीको नामावली आज घोषणा गरेको छ ।
धरानमा रहेको दुईवटै टङेड युनियन महासंघहरु जिफन्ट र अन्टुफ आवद्ध मजदुरहरुको एक भेलाले जिफन्ट राष्टिङय कमिटी सदस्य तथा नेकपा सुनसरी सदस्य भीम ज्वाला राई संयोजक रहेको मजदुर परिचालन उप समिति घोषणा गरेको हो । उपसमितिको सहयोजकहरुमा मुक्तिनाथ गिरी, शमशेर बर्देवा, ईन्द्र सुवेदी, यामकला मग्राती, लिला प्रधान रहेको छ । सदस्य सचिव लक्ष्मी बांनिया क्षेत्री रहेका छन् यातायात, निर्माण क्षेत्र, उद्योग, सरसफाई, सुरक्षा, स्वरोजगार लगायतका क्षेत्रका मजदुरहरु रहेको उपसमितिको अनुगमन गर्नका लागि मोतीराज सुनुवार, फिपराज वेघा, रंगलाल गिरी, प्रेमगैगा गिरी, शिव तामा³, सिंहवहादुर पराजुली,भीम गोले र बसन्त पाख्रीन रहेको अनुगमन समिति रहेको छ ।
विभिन्न क्षेत्रमा काम गर्ने करिव ३० हजार मजदुरहरु बसोबास गर्ने धरानमा मजदुरहरुको साथ, सहयोग र अमुल्य मत नेकपाका उमेद्वार प्रकाश राईलाई हुने उपसमितिका संयोजक भीमज्वाला राईले बताए । यसका लागि विभिन्न ९ वटा उप समितिहरु निर्माण गरेर मजदुरहरुको घरदैलोमा उप समिति परिचालित हुने पनि राईले बताए ।