पूर्वाञ्चल खबर
वीरगञ्ज / वीरगञ्ज प्रहरीले श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
तीनवटा मोटरसाइकलमा रकम लिएर भारत रक्शौलबाट वीरगञ्ज आउँदै गरेका उनीहरुमाथि प्रहरीले गरेको जाँचका क्रममा रकमसहित फेला परेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक नजिक बीआर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बीआर ०६ एआर ३७८९ नं.को मोटरसाइकलसहित भारत विहार सुगौली बजारका २२ वर्षिय बिक्की कुमार, भारत रक्सौल नागा रोडका २६ वर्षिय सुधिर कुमार र सोही ठाउँका ३० वर्षिय सहिद आलम पक्राउ परेका प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारमा प्रयोग गर्न ल्याइएको प्रहरीको अनुमान छ ।