AArya
RUMPUM
animated ellipse animated ellipse

अश्लील म्यासेज पठाउने नेपाल विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० कार्तिक २०७६, बुधबार २१:२७
3
Shares

विराटनगर/ विराटनगर–३ का खेमराज नेपालले एक महिलालाई सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर पुष्पलाल चोककी एक महिलालाई सामाजिक सञ्जालमार्फत अश्लील म्यासेस पठाएपछि ती महिलाले दिएको जाहेरीका आधारमा नेपाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा आवद्ध छन् । मदिरा सेवन गरेपछि नशामा लठ्ठिएर अश्लील म्यासेज पठाएको नेपालले प्रहरीसामु स्वीकार गरेका छन् । अश्लील म्यासेज पठापपछि महिलाले प्रहरीलाई उजुरी गरेकी थिइन् ।

प्रहरीका अनुसार नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लील सन्देश पठाएका थिए । म्यासेज पठाए लगत्तै महिलाले प्रहरीलाई मौखिक उजुरी गरेकी थिइन् । उजुरीलगत्तै प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो । सामाजिक सञ्जालमार्फत गरेको दुव्र्यवहारमा साइबर क्राइम अन्तर्गत मुद्दा चल्छ । तर, पीडित महिलाले साइबर क्राइम मुद्दा नचलाउने भनेपछि नेपाल विरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको जनाएको छ ।

पक्राउ परेका नेपाललाई जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारमा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर