AArya
RUMPUM
animated ellipse animated ellipse

निवर्तमान सभामुख महरालाई थुनामा राख्न अदालतको आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७६, सोमबार १९:१८
3
Shares
फाइल तस्वीर

काठमाण्डौ / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षकालागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलत्कार प्रयासको आरोपमा उनी पक्राउ परेका थिए । थुनछेक बहस पछि जिल्ला अदालत काठमाण्डौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।

जिल्ला अदालतमा महराको बयानपछि हिजो र आज थुनछेक बहस भएको थियो । मुद्दाको टुङ्गो नलागेसम्म महरा अब जेलमा रहनु पर्नेछ । महरालाई डिल्ली बजार कारागार लगिने छ । महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बलत्कार उद्योगमा कारबाही गर्न अभियोग पत्र दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलत्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक पदको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिल कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न समेत माग दावी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर