AArya
RUMPUM
animated ellipse animated ellipse

चिकित्सकको लापरवाहीले विराट नर्सिङ होममा बिरामीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७६, बिहीबार २०:२६
3
Shares

विराटनगर / विराटनगर स्थित विराट नर्सिङ होममा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुँदा अस्पताल परीसर तनावग्रस्त बनेको छ ।

डेलिभरी गर्न गएकी दुहवी ८ की २० बर्षिय रमिला कार्की घिमिरेको नर्सिङ होमको लापरर्वार्हीले मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा धर्ना दिएका थिए ।

सामान्य प्रसूति गराएकी महिलाको चिकित्सकको लापरवाहीका कारण अवस्था गम्भीर भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् ।

रमिलाले मंगलबार विराट मेडिकल कलेज टंकीसिनवारीमा छोरालाई जन्म दिएकी थिइन् । नर्मल प्रसूतिमार्फत् छोरा जन्माएकी महिलाको रक्तश्रावका कारण अवस्था गम्भीर बनेपछि सोही दिन दिउँसो डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टोलीले शल्यक्रिया गरी पाठेघर फालेको थियो ।
तर, अवस्था थप गम्भीर भएको भन्दै मेडिकल कलेजबाट विराट नर्सिङहोममा ल्याएर भेन्टिलेटरमा राखेको श्रीमान भुपाल घिमिरेले बताए । नर्मल डेलिभरीबाट जन्मिएको बच्चाको अवस्था पनि गम्भीर रहेको रमिलाका श्रीमान् घिमिरले बताए । सिकारु डाक्टरको लापरवाहीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले चिकित्सकलाई कारवाही गर्न माग गरेको छ ।

अहिले विरामीलाई मेडिकल कलेजबाट विराट नर्सिङहोममा ल्याएर भेन्टिलेटरमा राखेको छ । मेडिकल कलेज र नर्सिङहोम डाक्टर कार्कीले नै सञ्चालन गरिरहेका छन् । अस्पतालले बिरामीको अवस्था अति नाजुक भएको बताएपनि पीडित परिवारले भने अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै आएका छन् ।

विरामीका आफन्त विकास कार्कीले डाक्टरहरुले विरामीको मृत्यु भए पश्चात समेत मृत्यु नभएको भन्दै ढाट्दै आएको बताए । आफन्त कार्कीले विना अप्रेशन (नर्मल डेलिभरी) भए पनि अस्पतालको चरम लावरर्वाहीले विरामी र बच्चाको मृत्यु भएको बताए ।

विगत भन्दा अहिले विराट नर्सिङ होममा विरामीहरुको मृत्यु हुने संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर