खबर पूर्वाञ्चल
विशेषतः तिहारलाई लक्षित गरेर सो म्यूजिक भिडियो साउदेनको आफ्नै युट्युव च्यानलबाट सार्वजानिक गरेका छन् । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा बनेको भिडियोलाई सन्तोष राईले निर्देशन गरेका हुन् ।
सो गीतको संगीत÷रचना नविन राईले गरेका हुन् भने स्वर केशव साउदेन, राकेश राई र विकेश साउदेनले दिएका छन् । गीतलाई विशाल थापाले खिचेका हुन् भने सम्पादन मौसम दाहालले गरेका छन् ।
गाउँले परिवेशमा खिचिएको सो गीतमा गणेश थक्लुङ, बादल श्रेष्ठ, करण धिताल, नरेन लिम्बु, टिका लिम्बु, आशिष सिटौला, लक्ष्मी वनेम, अर्जुन लिम्बु, डेनी लिम्बु (बम बहादुर), राहुल लिम्बु, कोपिला राई, माया लिम्बु, पुर्णिमा राना, नितिशा राई, इक्सा लिम्बु लगायतले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो :
तपाईको प्रतिक्रिया