पूर्वाञ्चल खबर
विराटनगर /सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १३ जनालाई नियन्त्रणमा लिईएको छ ।
मंगलवार राती साँढे ८ बजेको समयमा मोरङको कटहरी गाउँपालिका २ सुरेश मण्डलको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घर धनीसहित स्थानिय मुनेश्वर मरिक, दिपक मरिक, शिवेन्द्र मरिक, मोहम्बर साफी र दिरज गुप्तालाई नियन्त्रणमा लिएको हो । उक्त तासको खालबाट प्रहरीले १ बुङ तास र नगद ६८ हजार ९ सय ६० समेत बरामद गरेको छ ।
यसैगरी आज बिहान राती १ बजेको समयमा सुनसरीको ईनरुवा नगरपालिका १ मा रहेको नम्रता होटलामा तास खेलिरहेको भन्ने सूचना पाएसंगै जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रदिपकुमार साह, रवी साह, राजकुमार साह, शम्भुकुमार साह, हसवुल मन्सुरी, रामबहादुर तामाङ र रामानन्द मण्डललाई नियन्त्रणमा लिएको हो ।
तासको खालबाट प्रहरीले ७ थान मोवाइल, नेपाली रुपैयाँ ८१ हजार ५ सय ७० र भारतीय रुपैयाँ ६ हजार ६ सय ८० बरामद गरेको छ ।