पोर्चुगलमा नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै पुरा गरे म्याराथन

खबर पूर्वाञ्चल, ६ कार्तिक २०७६, बुधबार ०७:३६

पोर्चुगल / अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् ।

पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेश पाण्डेले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ।

म्याराथन क्लब पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ बर्षीय युरेशले आफ्ना ५ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।

युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेले बताए । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए ।

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।

बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुवण्ै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५